+
+

एमालेलाई पुरानो पार्टी नभनियोस् : सांसद रिजाल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १३:४२

१२ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले आफ्नो पार्टीलाई पुरानो पार्टी नभनिदिन आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले पुरानो र नयाँ पार्टीको भाष्य बनाउन खोजिएको र एमालेलाई पुरानो पार्टीमा राखिएको भन्दै असन्तुष्टि जनाए ।

‘मेरा पार्टी, मेरो दलले इतिहासमा केही कमजोरी गरेको छ भने एक्लै त्यसको जवाफदेही ब्यहोर्न तयार छ । तर, इतिहासमा गरेका राम्रा कामहरु र जो अरुले नराम्रा काम गरेका छन् ती सँग मिसाएर हाम्रो दललाई पुरानो दल भन्ने भाष्य खडा नगरियोस्, त्यसरी नबुझियोस्’ सांसद रिजालले भने । आफ्नो पार्टी मिसनमा, भिजनमा र एक्सनमा सधैंभरि नयाँ दल रहेको उनको जिकिर छ ।

नयाँ दल आउनु स्वभाविक भएको भन्दै उनले त्यही आधारमा पुरानो दलको औचित्य नसकिने रिजालले बताए ।

‘सौर्यमण्डलमा धेरै ताराहरु जन्मिने गर्छन् । ताराहरु बिलाउने पनि गर्छन् । तर, सूर्य आयूमा पुरानो होला । त्यसको काम पुरानो भएको छैन । त्यसले उज्यालो दिने र ताप दिने काम त्यो नयाँ नै छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?