+

सिंगापुरलाई हराउँदै कुवेत शीर्ष ३ मा, सेमिफाइनल सम्भावना कायमै

२०८० वैशाख  १२ गते १४:४६ २०८० वैशाख १२ गते १४:४६
सिंगापुरलाई हराउँदै कुवेत शीर्ष ३ मा, सेमिफाइनल सम्भावना कायमै

१२ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत समुह बीको खेलमा सिंगापुरलाई ४ विकेटले पराजित गर्दै कुवेत समुह बीको शीर्ष तीनमा उक्लिएको छ ।

यो जितसँगै कुवेतको सेमिफाइनल पुग्ने संभावना कायम छ । कुवेतले अब बिहीबार हङकङसँग खेल्ने छ । यो खेल जितेमा कुवेत सेमिफाइनलमा पुग्ने छ ।

त्यो खेल हारेमा भने कुवेतले सेमिफाइनल पुग्नका लागि यूएई र बहराइनबीचको खेलको नतिजामा भर पर्नु पर्छ । हङकङ पहिलो र यूएई दोस्रो स्थानमा छन् ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सिंगापुर ३१.४ ओभरमा ११३ रन बनाउँदै अल आउट भएको हो ।

सिंगापुरका लागि अम्रत्य कौलले ६० बलमा ९ चौका सहित सर्वाधिक ४५ रन बनाए । मनप्रित सिंहले ४४ बलमा ३ चौका र १ छक्का सहित २८ रन जोडे ।

थिलिपनले १३ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कुवेतका लागि मोहम्मद अस्लमले सार्वधिक ५ विकेट लिए । उनले ८.४ ओभर बलिङ गर्दै २ मेडन सहित २० रन खर्चिएका हुन् । सिराज खानले ६ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए ।

सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले २६.३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।

कुवेतका लागि ओपनर अद्नान इद्रिसले २८ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ३८ रन बनाए । सिराज खानले १० रन बनाए ।

मित भवसार र यसिन पटेलले क्रमशः २७ र २१ रनको अविजित पारी खेले ।

सिंगापुरका लागि विनोद बस्करन र अकक्ष्य पुरीले समान २–२ विकेट लिए । आदित्य भारगाभा र थिलिपनले १–१ विकेट लिए ।

एसीसी प्रिमियर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय