
१२ वैशाख, काठमाडौं । राष्ट्रपतिको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ ।
राष्ट्रपति पौडेलले भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स एम्समा भर्ना भएर उपचार गराइरहेका छन् ।
उनको उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
एन्टिबायोटिकका कारण उनमा शारीरिक रुपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्थामा रहेको परिवारको सदस्यलाई उद्दृत गर्दै आएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4