
काठमाडौं | आईएमई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे’ मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ।
संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स ‘आईएमई पे’ मा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनसको रुपमा प्रदान गरिंदै आएको छ ।
‘आईएमई पे’ ले सो बोनस रकम आगामी दिनहरुमा पनि निरन्तरता दिंदै ग्राहकहरुलाई झन्झट विना विदेशबाट आएको रकम वालेटमै दाबी गर्न प्रोत्साहन गरेको छ । सो बोनस रकम अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दाबी गर्दा पनि उपलब्ध हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4