+

ब्याडमिन्टन एसिया च्याम्पियनसिप : छनोटका दुवै खेल जित्दै प्रिन्स अन्तिम ३२ मा

२०८० वैशाख  १२ गते १५:५६ २०८० वैशाख १२ गते १५:५६
ब्याडमिन्टन एसिया च्याम्पियनसिप : छनोटका दुवै खेल जित्दै प्रिन्स अन्तिम ३२ मा

१२ वैशाख, काठमाडौं । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल युएईको दुबईमा सुरु भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिपको अन्तिम ३२ मा प्रवेश गरेका छन् ।

मंगलबार अल नासेर क्लबको शेख रसिद बिन हमदान इन्डोर हलमा भएको पुरुष एकलतर्फको क्वालिफाइङमा आफ्नो समूहको दुवै खेल जित्दै प्रिन्सले अन्तिम ३२ मा स्थान पक्का गरेका हुन् ।

क्वालिफाइङको समूह बीमा रहेको प्रिन्सले पहिलो खेलमा साउदी अरेबियाका नवाफ अलघम्दीलाई सोझो सेटमा हराए । प्रिन्सले नवाफलाई २१-६, २१-८ ले हराए ।

समूहको दोस्रो खेलमा प्रिन्सले मंगोलियाका बत्डाभा मुन्खाबातलाई २१-६, २१-८ ले सहजै हराए । प्रिन्सले अब अन्तिम ३२ मा जापानी खेलाडी कान्ता सुनेयामासँग खेल्नेछन् ।

क्वालिफाइङ चरणमा १२ खेलाडीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता मात्र अन्तिम चरणमा पुग्नेछन् । अन्तिम चरणमा ३२ खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फ रशिला महर्जन भने क्वालिफाइङको पहिलो खेलमा हङकङकी येउङ सुम यीसँग २१-१२, २१- १२ ले पराजित भइन् ।

रशिलालले दोस्रो खेलमा भने युएईकी जाइनाबा रिम सिराजलाई २१-१६ , २१-१७ ले पारजित गरिन् ।

अब सुम र यी र रिम सिराजबीच हुने अन्तिम खेलपछि यस समूहबाट अन्तिम चरणमा पुग्ने खेलाडीको टुङ्गो लाग्नेछ ।

प्रिन्स दाहाल रशिला महर्जन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय