+
+

सीटीईभीटीका शिक्षालय अब प्रदेश स्तरमा समेत विस्तार हुने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १७:३४

१२ वैशाख, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का शिक्षालयहरु अब प्रदेश स्तरमा समेत विस्तार हुने भएका छन् ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकले सीटीईभीटीका प्राविधिक शिक्षालयहरुलाई प्रदेश सरकारबाट सञ्चालन गर्ने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो । यसका लागि आवश्यक कानुन संशोधनको प्रक्रिया अगाडि बढाउन समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

मन्त्रालयले दुई महिना भित्र यो काम सकाउनु पर्ने भएको छ । समितिका अुनसार परिषद्को पुनर्संरचना नहुँदा संघ र प्रदेशको कार्य क्षेत्रमा अन्योल भएको भन्दै सरकारले स्वीकृत गरेको संघ, प्रदेश र स्थानीय तहको कार्यविस्तृतीकरण प्रतिवेदनका आधारमा परिषद्का शिक्षालय प्रदेश स्तरमा हस्तान्तरण गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?