
१२ वैशाख, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेले नेपाल सरकारबाट स्वीकृत प्राप्त सबै अस्पतालबाट स्वास्थ्य परीक्षण गर्न सक्ने गरी व्यवस्था गर्ने भएको छ ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकले यस्तो व्यवस्था २ महिना भित्र मिलाउन श्रम, रोजगार तथा समाज कल्याण मन्त्रालयलाई जिम्मेवारी दिएको छ । मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यस्तो व्यवस्था गर्ने भएको छ ।
अहिले वैदेशिक रोजगारीमा जानुपूर्व गरिने स्वास्थ्य परीक्षण श्रम मन्त्रालयमा सूचीकृत भएका निजी क्लिनिकबाट हुँदै आएको छ । यसरी हुने स्वास्थ्य परीक्षणका दौरान गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको र वैदेशिक रोजगारीमा गएका कामदार कार्यस्थलमा हुने स्वास्थ्य परीक्षणमा कैफियत आई कामै नगरी फिर्ता आउनु पर्ने अवस्था भएको भन्दै सरकारले सबै अस्पतालबाट स्वास्थ्य परीक्षण हुने व्यवस्था गर्न लागेको हो ।
प्रतिक्रिया 4