+
+

देशैभरका एम्बुलेन्स सेवालाई एकीकृत प्रणालीमा आवद्ध गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १८:०६

१२ वैशाख, काठमाडौं । देशैभर सञ्चालनमा रहेका एम्बुलेन्स सेवालाई अब एकीकृत प्रणालीमा आवद्ध गरिने भएको छ । सो प्रयोजनका लागि राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकले राष्ट्रिय योजना आयोगका स्वास्थ्य क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । समितिले तीन महिना भित्र यो प्रणाली कार्यान्वयनमा ल्याउन आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी पाएको छ ।

समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य रहने गरी व्यवस्था गरिएको छ ।

देशभर छरिएर रहेका एम्बुलेन्स सेवाको एकीकृत प्रणालीमा आवद्ध हुन नसक्दा सेवा प्रभावकारी नभएको भन्दै सरकारले देशभरका सबै निकाय र संस्थाबाट सञ्चालित एम्बुलेन्सलाई एकीकृत प्रणालीमा आवद्ध गराउने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?