
१२ वैशाख, काठमाडौं। सरकारले काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ ।
मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।
उनले भने, ‘काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयमा छलफल भयो । केही दिनअघि हामीले उच्चस्तरीय समिति पनि यसका लागि निर्माण गरेका थियौँ । त्यो समितिले काम अघि बढाएको छ। छिटै जग्गा प्राप्तिको कामलाई अघि बढाउने, टुंग्याउने भन्ने निर्णय भएको छ । सशस्त्र प्रहरी बलको नियमावली संशोधनको कुरा छ ।’
उनले बैठकमा सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय गरेको बताए । उनले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौल सम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको पनि बताए ।
उनले भने, ‘कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रस्ताव समितिमा पठाउने निर्णय भएको छ ।’
मन्त्री ज्वालाले जग्गा कित्ता काट सम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको पनि बताए । ‘जग्गा कित्ता काटको विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको छ।’ उनले भने ।
प्रतिक्रिया 4