+

सावित्राको ५ गोलमा गोकुलम केरलाको विजयी सुरुवात

२०८० वैशाख  १३ गते १९:४५ २०८० वैशाख १३ गते १९:४५
सावित्राको ५ गोलमा गोकुलम केरलाको विजयी सुरुवात

१३ वैशाख, काठमाडौं । नेपाली गोल मेसिन सावित्रा भण्डारी साम्बा एक्लैले ५ गोल गरेपछि गोकुलम केरालले इन्डियन वुमन्स लिग आईडब्लुएलमा शानदार सुरुवात गरेको छ ।

समूह ए अन्तर्गत बुधबार भएको खेलमा साविक विजेता गोकुलम केरलाले नयाँ टिम इस्ट बंगलाललाई ८-२ को पराकिलो अन्तरले पराजित गरेको हो ।

यो खेलमा सावित्राले पहिलो हाफमै ह्याट्रिक गरेकी थिइन् भने दोस्रो हाफमा दुई गोल थपिन् । उनले खेलको दोस्रो, तेस्रो र २२औं मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरिन् । यस्तै ७०औं र ८९औं मिनेटमा पनि गोल गरिन् ।

यस्तै इन्दुमतीले छैटौं, डांगमाई ग्रेसले ७९औं र भिभियनले ८१औं मिनेटमा गोल गरे । अर्को खेलमा मुम्बई नाइट एफसीले कहानी एफसीलाई १-० ले हरायो ।

भारतीय महिला लिग सावित्रा भण्डारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय