+
+

बुद्धभूमिमा खुल्यो आधुनिक शीत भण्डार

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १३ गते १२:५०

१३ वैशाख, कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० मा नयाँ कोल्ड स्टोरेज (शीत भण्डार) सञ्चालनमा आएको छ । करिब डेढ बिगाह क्षेत्रफलमा २५ करोड लगानीमा स्थापित स्टोरेजले सेवा दिन थालेको हो ।

२५०० टन क्षमताको आधुनिक प्रविधिसहितको आशिष शर्माले कोल्ड स्टोरेज सञ्चालनमा ल्याएका हुन् । शर्माका अनुसार मोडिफाइड एटमोसफेरसहितको यो कोल्ड स्टोरले स्थानीय किसानलाई लाभ दिने छ भने ८० जनासम्मलाई रोजगारी सिर्जना गर्नेछ ।

आठ वटा च्येम्बरमा तरकारी र कृषि उपज राख्न मिल्ने गरी तयार गरिएको छ । सिजनमा सस्तोमा तरकारी बेच्न बाध्य किसानले स्टोरपछि राम्रो मूल्य आएपछि बेच्न सक्ने र त्यसबाट राम्रो लाभ लिनसक्ने शर्मा बताउँछन् ।

भारतमा दर्जनौं कोल्ट स्टोरहरुको अवलोकनपछि यस्तो भीतभण्डार स्थापना गरेको शर्माको दाबी छ । यो स्टोरमा गोलभेंडालाई समेत एकम महिनासम्म भण्डारण गरेर बेच्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?