+

आर्सनलमाथि सिटीको सानदार जित, उपाधि होड रोमाञ्चक

२०८० वैशाख  १४ गते ६:१९ २०८० वैशाख १४ गते ६:१९
आर्सनलमाथि सिटीको सानदार जित, उपाधि होड रोमाञ्चक

१४ वैशाख, काठमाडौं । प्रिमियर लिगमा दोस्रो स्थानको म्यानचेष्टर सिटीले लिग लिडर आर्सनललाई पराजित गरेपछि उपाधि होड रोमाञ्चक बनेको छ ।

केभिन डे ब्रुयनाको उत्कृष्ट प्रदर्शनमा बुधबार राति सिटीले घरेलु मैदानमा आर्सनललाई ४-१ ले हरायो । डे ब्रुयनाले दुई गोल गर्नुका साथै एक असिस्ट गरे । जोन स्टोन्स र एर्लिङ हालान्डले समान १-१ गोल गरे ।

आर्सनललाई पराजित गरेपछि सिटी उपाधि होडमा फर्किएको छ । अब आर्सनल र सिटीबीच जम्मा २ अंकको दूरी छ भने सिटीले अझै दुई खेल कम खेलेको छ । जसले गर्दा सिटी उपाधि होडमा बलियो बनेको छ ।

३३ खेलबाट बर्सनलको ७५ अंक छ भने ३१ खेलबाट सिटीले ७३ अंक जोडेको छ ।

घरेलु मैदान इतिहाड  स्टेडियममा डे ब्रुयनाले हालान्डको पासमा सातौँ मिनेटमा गोल गरी सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा डे ब्रुयनाको पासमा स्टोन्सले गोल गरी अग्रता दोब्बर पारे ।

५४औं मिनेटमा डे ब्रुयनाले हालान्डकै पासमा गोल गरेपछि सिटीले ३-० को अग्रता बनायो ।

८६औं मिनेटमा आर्सनलका रब होल्डिङले लिएन्ड्रो ट्रोसार्डको पासमा गोल गर्दै गोल अन्तर कम पारे पनि ढिला भइसकेको थियो ।

इन्जुरी टाइममा हालान्डले फिल फोडेनको पासमा गोल गरेपछि सिटीले सहज जित हात पारेको हो ।

लिग अब आर्सनलले ५ र सिटीले ७ खेल खेल्न बाँकी छ । सिटीले आफ्नो बाँकी खेल जितेमा लिग उपाधि जित्नेछ ।

आर्सनल प्रिमियर लिग म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय