१४ वैशाख, काठमाडौं । यूएईमा भइरहेको ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल जापानी खेलाडीसँग पराजित भएका छन् ।
छनोट चरणको दुवै खेल जित्दै अन्तिम चरणमा पुगेका पुगेका प्रिन्स बुधबार भएको पुरुष एकलको अन्तिम ३२ को खेलमा जापानी खेलाडी कान्ता सुनेयामासँग सहजै पराजित भए ।
शेख रसिद बिन हमदान इन्डोर हलमा भएको खेलमा कान्ताले प्रिन्सलाई २१-७, २१-१३ ले सहजै पराजित गरे ।
महिलातर्फ भने रशिला महर्जन छनोट चरणबाटै बाहिरिँदा मिक्स डबल्समा प्रिन्स र रशिलाको जोडीले पनि छनोट चरण पार गर्न सकेनन् ।
प्रतिक्रिया 4