
१४ वैशाख, काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ सय रुपैयाँ घटेको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख ९ हजार १ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ७ सय र तेजावी सुनको मूल्य १ लाख ९ हजार २ सय रुपैयाँ तोकिएको थियो ।
बिहीबार चाँदीको प्रतितोला कारोबार भने बुधबारकै मूल्य १ हजार ४१५ रुपैयाँमा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4