
१४ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बसोबास गर्ने मुक्त कमैया र कमलरीको पुनर्स्थापनाको माग गर्दै अधिकार यात्रा थालिएको छ ।
नेपाल सरकारले कमैया र कमलरी मुक्तिको घोषणा गरेका लामो समयसम्म पनि पुनर्स्थापना हुन नसकेको भन्दै बिहीबारदेखि अधिकार यात्रा सुरु गरिएको हो ।
मुक्त कमैया समाजको आयोजनामा सरकारलाई दबाव दिने उद्देश्यले थालिएको अधिकार यात्रा कैलालीका टीकापुरबाट सुरु गरिएको छ भने कञ्चनपुरको महेन्द्रनगरबाट पनि बिहीबार नै यात्रा थालिएको छ । यात्रामा मुक्त कमैया, कमलरीहरुको सहभागिता रहेको छ ।
टीकापुरबाट सुरु भएको साइकल यात्रा जानकी गाउँपालिकाको दुर्गाैली चोक, लम्की बजार हुँदै चाहानानगर पुग्नेछ भने अगामी बैशाख १८ गते धनगढीमा समापन गरिनेछ ।
मुक्त कमैया समाजले सरकारले मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरेको कमैया श्रमित पुनर्स्थापना कार्यविधि २०७९ अनुसार पुनर्स्थापना कार्यलाई यथाशीघ्र अघि बढाउनुपर्ने, मुक्त कमैया, कमलरी, हलिया र हरवाचरवाको वस्तुस्थितिबारे अध्ययन प्रतिवेदनको सुझावलाई अंगीकार गरी नीति तथा कार्यक्रम परिवर्तन गर्नुपर्ने, रोजगारी, दिगो जीविकोपार्जनको सुनिश्चितता गर्नुपर्ने लगायतका माग अघि सारेको छ ।
प्रतिक्रिया 4