+
+

माइतीघरमा महावीरको धर्ना

आर्यन धिमाल आर्यन धिमाल
२०८० वैशाख १५ गते ९:५७

१५ वैशाख, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उनले आन्दोलनस्वरुप शुक्रबारबाट धर्ना सुरु गरेका हुन् ।

महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागिता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

धर्ना सुरु गर्नुअघि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै पुनले संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट छुट्याएर अनुसन्धान आविष्कारका लागि कोष बनाएर जम्मा गर्नुपर्ने माग प्रमुख माग रहेको बताए । त्यो कोष सन्चालन गरी अनुसन्धान गर्नेहरुलाई दिनका लागि सहज किसिमको ऐन कानुन बनाउनुपर्ने मागसमेत उनले राखेका छन् ।

आफ्ना मागबारे उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जानकारीसमेत गराएका थिए ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका पुनलाई सरकारले हाल वीरगञ्जको कृषि औजार कारखाना प्रयोग गर्न दिएको छ ।

महावीर पुनको भनाइ हेर्नुहोस् :

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?