+
+

लियाम नीसन स्टारर चर्चित हलिउड फिल्म ‘आइस रोड २’ नेपालमा छायांकन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १२:०८

काठमाडौं । लियाम नीसन स्टारर हलिउड फिल्म ‘आइस रोड २ : रोड टु द स्काई’को छायांकन नेपालमा हुने भएको छ । प्रतिष्ठित हलिउड म्यागजिन डेडलाइनमा उल्लेख भएअनुसार नेपालका पहाडी क्षेत्रमा फिल्म छायांकन हुनेछ । आईएमडीबीले पनि नेपालको कथावस्तुसहितको ‘सिनोप्सिस’ उल्लेख गरेको छ ।

फिल्ममा लियामले माइक नामक चरित्र निर्वाह गर्नेछन् । माइक पात्र भाइको इच्छानुसार अन्त्येष्टिको लागि अस्तु बोकेर नेपालको सगरमाथा क्षेत्रमा आउँछ । १२ हजार फिट उचाइमा माइक र उनको टोली चढेको खचाखच भरिएको बसमा आक्रमण हुन्छ । दुश्मनसँगको मुठभेडमा आफू र निर्दोष यात्रुलाई बचाउन माइकले लड्नुपर्छ । यो लडाइँमा नेपाली गाउँका स्थानीयवासी पनि सहभागी हुनेछन् ।

जोनाथन हेन्सलेले निर्देशन गर्ने यो फिल्म यतिबेला प्रि-प्रोडक्सन चरणमा रहेको जनाइएको छ । द सोलुसन इन्टरटेनमेन्ट ग्रुपले आगामी कान्स फेस्टिभलको मार्केट सुरुअघि यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरु गर्दैछ । सीएए मिडियाले अमेरिकी राइट खरिद गरेको छ । यो फिल्मको छायांकन सन् २०२४ को मार्चदेखि सुरु हुने जनाइएको छ ।

फिल्मको अघिल्लो भाग चाहिं १८ मिलियन डलरमा नेटफ्लिक्सलाई बिक्री गरिसकिएको छ । ‘म आइस रोडको नयाँ अध्यायलाई लिएर अधैर्य छु,’ लेखक तथा निर्देशक हेन्सलेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?