
काठमाडौं । देशव्यापी रिलिज भएको फिल्म ‘नाइँ नभन्नु ल ६’ ले शुक्रबार विशेष शोको आयोजना गर्यो, जहाँ कलाकारहरु आँचल शर्मा र आशिर्वाद बराल पनि सहभागी रहे । कमलपोखरीस्थित बिग मुभिजमा आयोजित विशेष शोमा कलाकारले दर्शकसँग पनि भेटघाट गरे ।
पत्नी समेत रहेकी आँचलको फिल्म हेर्न पति उदीप श्रेष्ठ पनि बिग मुभिज पुगे । फिल्म हेरेपछि उनले आँचलको अभिनयको प्रशंसा गरे । उदीपले आँचल र आशिर्वादबीच केमेस्ट्री मिलेको पाएको र प्रेमकथाले मन छोएको बताए । ‘दुवै जनाले फिल्मलाई न्याय गरेका छन् । आशिर्वादको पर्फमेन्स पनि भेट्रान एक्टरले गरेजस्तो देखिएको छ । उमेरअनुसार उहाँहरुको पात्रको काम राम्रो छ,’ उदीपले भने ।
आँचलले पनि पति उदीपले काम रुचाइदिएकोमा खुसी हुँदै बल्ल ढुक्क भएको बताइन् । ‘उहाँले मेरो कामलाई कस्तो भन्नुहुन्छ भनेर कौतुहल लागेको थियो । सुरुमा धेरै इमोसनल हुँदिन कि भन्ने सोचेकी थिएँ । इमोसनल हुनुपर्ने ठाउँमा इमोसनल भएँ र हाँस्नुपर्ने ठाउँमा हाँसे । ऋतु र शिशिरको केमेस्ट्री गज्जब लाग्यो,’ उनले भनिन् ।
डेब्यु अभिनेता बरालले पनि सकारात्मक प्रतिक्रिया पाएको बताए । ‘एक्सनमा धेरै मेहनत गरेको छु । बिहानैदेखि पोजेटिभ फिडब्याक पाएको छु । शो बढ्छ कि भन्ने आशा छ,’ उनले भने । बाल कलाकार एभेलिना खड्काले फिल्ममा आफूले राम्रो काम गर्न प्रयास गरेको बताइन् । अभिनय गर्न टिमले सपोर्ट गरेको भन्दै उनले खुसी व्यक्त गरिन् ।
विकासराज आचार्य निर्देशित फिल्म शुक्रबारदेखि देशव्यापी रिलिज भएको छ । यो फिल्मबाट आशिर्वाद र एभेलिनासहित सञ्चिता लुइँटेल र निखिल उपे्रतीका छोरा अथर्वले पनि डेब्यु गरेका छन् ।
तस्वीरहरु
प्रतिक्रिया 4