
१५ वैशाख, काठमाडौं । नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी संसदको २१ वटा बैठकमा अनुपस्थित भएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कोइरी २१ वटा बैठकमा अनुपस्थित रहेको जानकारी गराएका हुन् । ‘२०७९/१०/२५ देखि २०८०/०१/१५ सम्म २१ औं पटकको बैठकमा अनुपस्थित । अनुपस्थितको कारण स्वास्थ्य उपचारमा रहनुभएको,’ सभामुख घिमिरेले सदनमा जानकारी गराए ।
सभामुखले स्वास्थ्यका कारणले बताए पनि गत ४ मंसिरको चुनावमा महोत्तरी(१बाट निर्वाचित उनी प्रहरीले खोजी गरिरहेका अभियुक्त हुन् ।
कोइरीमाथि मधेस आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई जबरजस्ती निकालेर हत्या गरेको आरोप छ । उनलाई उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालत पेस गर्न भनेको छ । तर, प्रहरीले पक्राउ गरेको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4