+
+

अविनाशविक्रम शाहको फिल्म ‘एलिफेन्ट इन दी फग’ सनडान्सको स्क्रिप्ट ल्याबमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १६:५९
अविनाशविक्रम शाह । फाइल तस्वीर

काठमाडौं । छोटो फिल्म ‘लोरी’बाट कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी पुरस्कार जितेका नेपाली फिल्म लेखक तथा निर्देशक अविनाशविक्रम शाहको अन्तर्राष्ट्रिय उपलब्धिको यात्रा अझै जारी छ । उनको आगामी फिल्म सनडान्सको स्क्रिप्ट ल्याबमा छनोट भएको छ ।

भेराइटी, हलिउड रिपोर्टर, डेडलाइन हलिउड लगायत प्रतिष्ठित मिडियाले यो खबरको पुष्टि गरेका छन् । सनडान्सले नेपाली मंगलबार ल्याबमा छानिएका फिल्मकर्मीको नाम सार्वजनिक गरेको छ । जसमा शाहको फिल्म ‘एलिफेन्ट इन दी फग’ स्क्रिनराइटर्स ल्याबमा छानिन सफल भएको हो ।

ल्याब जुनको २० देखि २३ सम्म अनलाइन चल्नेछ । अनलाइन सेसनमा विज्ञहरूले कथा वाचन र पटकथा लेखनमा रचनात्मक सुझावहरू दिनेछन् । नेपाल र फ्रान्सको सहनिर्माणमा तयार भएको अविनाशको ‘एलिफेन्ट इन दी फग’ले चितवनको पृष्ठभूमिमा ट्रान्सजेन्डर महिलाको कथा भन्छ ।

समलिंगी समुदायको नाइके मानिने पिरती आफूले मन पराएको मान्छेसँग साधारण जीवन बिताउने सपना देखिरहेकी हुन्छे । तर एक दिन अचानक समुदायको एक सदस्य गायब हुन्छे । पिरतीले आफ्नो स्वार्थ हेरेर प्रेमीसँग जीवन बिताउने कि समुदायका लागि लड्ने दुविधाको कथा फिल्मले प्रस्तुत गर्छ ।

शाहले लेखेको फिल्म ‘कालोपोथी’ सन् २०१६ मा ओस्कार अवार्डमा नेपालबाट सिफारिस भएको थियो भने उनका फिल्महरु बर्लिन र भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?