+
+

ललितपुर महानगरले साढे ९ महिनामा आधा पनि बजेट खर्च गर्न सकेन 

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १७:४३

१५ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाले चालु आर्थिक (आव) २०७९/८० को करिब साढे ९ महिनामा आधा पनि बजेट खर्च गर्न नसकेको पाइएको छ ।

कुल बजेट ७ अर्ब ५० करोड ३५ लाख रुपैयाँ मध्ये हालसम्म ३ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ खर्च भएको महानगरले सार्वजनिक गरेको स्थिति पत्रमा उल्लेख छ । प्रतिशतको हिसाबमा सो अवधिमा महानगरले गरेको बजेट खर्च ४५ दशमलव ७१ प्रतिशत हो ।

ललितपुर महानगरको यो वित्तीय प्रगति काठमाडौं महानगरपालिकाको भन्दा झण्डै दोब्बर धेरै हो । काठमाडौं महनागरले चैत मसान्तसम्म जम्मा २४ प्रतिशत खर्च गरेको छ ।

ललितपुर महानगरले चालु खर्च तर्फ ७० प्रतिशत र पूँजीगत तर्फ ३४ दशमलव ९ प्रतिशत खर्च गरेको छ । २ अर्ब ३१ करोड ११ लाख रुपैयाँ चालु बजेट रहेकोमा ललितपुरले १ अर्ब ६१ करोड ७८ लाख रुपैयाँ खर्च गरेको हो । यस्तै ५ अर्ब १९ करोड २३ लाख रुपैयाँ पूँजीगत बजेट मध्ये १ अर्ब ८१ करोड २१ लाख रुपैयाँ खर्च गरेको छ ।

आय तर्फ पनि ललितपुर महानगरपालिकाले उल्लेख्य प्रगति गरेको देखिन्छ । महानगरले वार्षिक १ अर्ब ४० करोड रुपैयाँ आन्तरिक आय अनुमान गरेकोमा हालसम्म १ अर्ब ४८ करोड २८ लाख रुपैयाँ असुली गरिसकेको छ,जुन ६१ दशमलव ६६ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?