+

विश्व बक्सिङ च्याम्पियनमा नेपालका रविन र भुपेन्द्रले प्रतिस्पर्धा गर्ने

२०८० वैशाख  १५ गते १८:०२ २०८० वैशाख १५ गते १८:०२
विश्व बक्सिङ च्याम्पियनमा नेपालका रविन र भुपेन्द्रले प्रतिस्पर्धा गर्ने

१५ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ संघ आईबाको आयोजनामा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अप्रिल ३० देखि मे ४ तारिखसम्म हुने प्रतियोगितामा नेपालका रविन थापाले ४८ केजी तथा १३औं साग स्वर्णधारी भूपेन्द्र थापाले ६३.५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।

च्याम्पियनसिपमा सहभागी हुने २ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली शनिबार उज्वेकिस्तानको तास्कन प्रस्थान गर्दैछन् ।

चौथो वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् ।

प्रवक्ता अवालेका अनुसार प्रतियोगितामा १ सय ४ भन्दा बढी राष्ट्रका करिब ६ सय खेलाडीको सहभागिता रहने छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव घनश्याम पौडेल र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सदस्य–सचिव घिसिङले आइबाअन्तर्गत मेम्बर फेडरेसन कमिटीको सदस्यमा मनोनित भएकोमा प्रवक्ता अवालेलाई कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिँदै बधाई दिएका थिए ।

अन्तर्राष्ट्रिय बक्सिङ भूपेन्द्र थापा मगर रविन थापा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय