
१५ वैशाख, ललितपुर। गत सोमबार ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिएको ‘वर्षा र सहकालका देवता’ रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथ आज शुक्रबार पाटनको सुन्धारा पुगेको छ ।
रथलाई आज मंगलबजारबाट पाटन दरबार क्षेत्र हुँदै सुन्धारा लगिएको हो ।
मच्छिन्द्रनाथको रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ र जाउलाखेलमा पुर्याएर भोटो देखाएपछि समापन हुन्छ ।
साइत हेरेर भोटो देखाउने गरेकाले यो जात्रा सकिने दिनको टुंगो अहिले नै लाग्दैन । तर यो जात्रा काठमाडौं उपत्यकामा नै सबैभन्दा लामो समयसम्म चल्ने जात्राका रूपमा परिचित छ ।
मंगलबजारमा भएको रथयात्राका तस्वीरहरू हेर्नुहोस् :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4