
१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले न्यून लगानी, न्यून उत्पादन, न्यून रोजगारी, न्यून निर्यात र बेरुजुको फर्छौट नहुने नेपालको अर्थतन्त्रको प्रमुख चुनौती भएको बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभामा सम्बोधन गर्दै उनले भने, ‘अर्थतन्त्रका यी समस्याका कारण नेपाल कतै श्रीलंका र पाकिस्तानको जस्तो अवस्थामा पुग्न लागेको हो कि ? भन्ने आम नागरिकमा चिन्ता र चासो छ।’
सांसद पौडेलले मुद्रास्फिती क्रमशः घट्दै जानु, व्याजदर घट्दो क्रममा हुनु आदि तथ्य र तथ्याङ्कले नेपालको अर्थतन्त्र पाकिस्तान र श्रीलंकाको बाटोमा लाग्यो भन्ने भाष्यलाई गलत प्रमाणित गरिदिएको बताए ।
कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै उनले कृषिको उत्पादन र उत्पादकत्व वृद्धिमा आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4