
१५ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीबारे प्रतिनिधिसभाको अर्को अधिवेशनले निर्णय गर्ने भएको छ ।
कोइरीले आफू अस्वस्थ भन्दै इमेल गरेपछि विदा स्वीकृतिको प्रस्ताव पेश भएको थियो । तर सत्तारुढ सांसदहरुले फरार सांसदलाई विरामी भनेर विदा स्वीकृत गर्न नसक्ने अडान लिए । यही विषयले संसद बैठक रोकेर लामो छलफल भयो ।
राति १० बजे सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले कोइरीबारे सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधिसभाको आगामी अधिवेशनमा कानुन बमोजिम हुने जानकारी गराएका छन् । अरु चार सांसदको विदा स्वीकृत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4