१६ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत पहिलो सेमिफाइनल खेल पुन: सुरु भएको छ । वर्षाका कारण रोकिएको नेपाल र कुवेतको खेल टीयु मैदानमा पुन: सुरु भएको हो ।
वर्षा भएपछि २३.२ ओभरमा खेल रोकिएको थियो । अहिले खेल ४२ ओभरमा घटाएर सुरु गरिएको छ । टस हारेको नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।
क्रिकेटप्रति टीयू मैदानमा दर्शकको क्रेज देखिएको छ । खेल चलिरहेका बेला वर्षा भए पनि दर्शकहरू बाहिरिएका छैनन् । मैदानमा दर्शकको भीड छ ।्
फाइनल पुग्दै उपाधि जित्ने टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।
प्रतिक्रिया 4