+
+

माइतीघरमा महावीर पुनको धर्ना तेस्रो दिन पनि जारी (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० वैशाख १७ गते १२:५७

१७ वैशाख, काठमाडौं। अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे मागसहित माइतीघरमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको धर्ना तेस्रो दिन पनि जारी छ ।

सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उनले आन्दोलनस्वरुप शुक्रबारबाट धर्ना सुरु गरेका हुन् । महावीरसँगै धर्नामा राजनीतिक दलका पार्टीका नेता तथा सामाजिक अभियन्ताहरु पनि सहभागी भएका छन् ।

तस्रो दिन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीलगायतले पुनको धर्नामा ऐक्यवद्धता जनाएका छन् ।

यस्तै विभिन्‍न क्षेत्रका युवाहरु ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागिता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन्।

यसअघि शनिबार अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु गरेका पुनले नेताहरुले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका थिए ।

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?