+
+

सुख्खा पहिरो खसेपछि अरुण नदी थुनियाे

हरि अधिकारी हरि अधिकारी
२०८० वैशाख १७ गते १३:५९

१७ वैशाख, विराटनगर । सुख्खा पहिरोका कारण अरुण नदी थुनिएको छ ।  निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत निर्माणस्थल  संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेर अरुण नदी थुनिएको हो ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिव कार्कीका अनुसार अरुण थुनिएको स्थानमा २६ मिटर भन्दा बढी पानी जमेको छ । अब केही घण्टामा थुनिएको ड्याम माथिबाट पानी बग्ने प्राविधिकलाई उद्दत गर्दै उनले बताए ।

भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण ३ जलविद्युत आयोजनाको ड्राइभर्सन टनेलको मुखमा आइतबार बिहान सुक्खा पहिरो खसेको थियो । सुख्खा पहिलो निरन्तर खसिरहेको छ ।

पहिरोका कारण  अरुण तेस्रोको ड्याम साइडको काम पनि रोकिएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?