
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले देशभर बृहत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन रुपमा मनाउने अभियान अनुसार बैंकका सबै शाखा कार्यालय र केन्द्रीय कार्यालयले शुक्रबार र शनिबार वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
ग्राहकहरुमा वित्तीय साक्षरता पुराउने र बैंकिङ सेवा, सुविधाहरुको जानकारी दिन बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घर दैलो कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।
बैंकको बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घर दैला कार्यक्रमको आयोजना भने देशभरका विभिन्न विद्यालयहरु/कलेजहरु, समुदाय केन्द्रहरु तथा अन्य सार्वजजिक स्थलमा गरिएको बैंकले जनाएको छ ।
‘जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ’ भन्ने मुलनाराका साथ कार्यक्रम आयोजना गरेको बैंकको भनाइ छ । कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4