१७ वैशाख, काठमाडौं । भक्तपुरको गोल्मढीस्थित भक्तपुर युवा टिमको आयोजनामा स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला र्यापिड बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
जेठ १२ र १३ गते भक्तपुरमा हुने प्रतियोगिताका खेल १५ मिनेट १० सेकेन्डको हुने आयोजकले जनाएको छ ।
आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले दिएको जानकारी अनुसार प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ हजार, दोश्रो हुनेलाई १५ हजार र तेश्रो हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार दिइने छ ।
चौथौ हुनेलाई आठ हजार, पाँंचौ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँंच हजार नगद पुरस्कारको व्यवस्था छ ।
भक्तपुरकै एउटा पुरानो खेलकुद संस्था मानिएको भक्तपुर युवा टिमले प्रत्येक वर्ष भक्तपुर कप खुुल्ला फुटबल प्रतियोगिता गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4