
१६ वैशाख, काठमाडौं । सरकार र आमरण अनशन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेबीच सहमति भएको छ ।
सहमतिपछि घिमिरेले अनशन तोडेका छन् । उनी अनशन बसिरहेको नयाँ सडकको भुगोलपार्कमा पुगेर कृषिमन्त्री वेदुराम भुषालले जुस खुवाएर अनशन तोडाएका हुन् ।
नुवाकोटको ककनी गाउँपालिका– २, चित्रे घर भएका घिमिरेले विगत ४ वर्षदेखि कालिज र कुखुरापालन व्यवसाय गर्दै आएका छन् । कृषि पेशामा सोचेजस्तो सफलता हासिल गर्न नसकेका उनले यसको प्रमुख कारण रहेको बताउने गरेका छन् ।
उनले किसानलाई बैंक ब्याजदर ६ प्रतिशत मात्र तोक्नुपर्ने, मल, बीउ, कृषि औजारमा अनुदान दिनुपर्ने, कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत छुट्याउनुपर्ने, किसानलाई परियोजना धितोमा ५० लाख रुपैयाँसम्म १ प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने, कृषकको परिचयपत्र बनाई यातायात भाडामा ५० प्रतिशत छुट गर्नुपर्ने लगायतका माग राखेर ५ वैशाखदेखि काठमाडौंको भूगोलपार्कमा आमरण अनशन सुरु गरेका थिए ।
प्रतिक्रिया 4