+

मछिन्द्र र सातदोबाटोको गोलरहित बराबरी

२०८० वैशाख  १७ गते २०:३७ २०८० वैशाख १७ गते २०:३७
मछिन्द्र र सातदोबाटोको गोलरहित बराबरी

१७ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दशरथ रंगशालामा आइतबार मच्छिन्द्र फुटबल क्लब र सातदोबाटो युवा क्लबको खेल गोलरहित बराबरीमा सकिएको छ ।

खेलमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।

खेलको ७० औं मिनेटमा युता सुजुकीले गोल गर्ने सुवर्ण अवसर गुमाए । ओलावाले आफिजले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई अनमार्क रहेका युताले वन भर्सेस वनको अवस्थामा गोलरक्षक बिट गर्न सकेनन् ।

८२ औं मिनेटमा सातदोबाटोका गोलरक्षक निशान थापा मगरले उत्कृष्ट बचाउ गर्दै खेल गोलरहित राखे । विमल घर्ती मगरको प्रहारमा आएको बललाई अभिषेक गुरुङले हेडरमार्फत पोस्टको दिशा दिए पनि निशानले बचाए ।

त्यसअघि मच्छिन्द्रका कप्तान तथा गोलरक्षक विशाल श्रेष्ठले पनि ६ यार्ड बक्सभित्र विलियम ओपोकुको प्रहार बचाएका थिए ।

यस खेलसँगै सहिद स्मारक ए डिभिजन लिगको १३औं चरणको खेलहरु सकिएका छन् ।

१३ औं चरणसम्ममा जावलाखेल युथ क्लब १३ खेलमा २४ अंकका साथमा शीर्ष स्थानमा रहेको छ । थ्रीस्टार क्लब २२ अंकका साथ दोस्रो तथा सातदोबाटो युथ क्लब पनि समान २२ अंकका साथ गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।

शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय