+
+

झरीले रोक्न नसकेको क्रिकेट क्रेज (तस्वीरसहित)

विकास श्रेष्ठ/आर्यन धिमाल विकास श्रेष्ठ/आर्यन धिमाल
२०८० वैशाख १८ गते १८:०७

१८ वैशाख, काठमाडौं । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एसीसी प्रिमियर कपको फाइनल खेल भइरहेको छ ।

टस जितेर नेपालले चिरपरिचित प्रतिस्पर्धी यूएईविरुद्ध पहिले बलिङ सुरु गरेको छ । प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकोले यो खेल दुवै टिमका लागि महत्वपूर्ण छ ।

खेल सुरु भएसँगै बिहानैदेखि टीयू मैदानमा क्रिकेटप्रति क्रेज देखिएको छ । मौसम अनिश्चित भएपनि नेपाली दर्शकको उल्लेख्य उपस्थिति रहेको छ । पानीको परवाह नगरी उनीहरूले खेल हेरिरहेका छन् ।

यसअघि शनिबार कुवेतसँगको सेमिफाइनल खेलमा पनि दर्शकको उतिकै उपस्थिति थियो ।

अपडेट
वर्षाका कारण १६ ओभर खेलेपछि खेल रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?