+

आईपीलमा बेंगलोरले लखनउलाई हरायो

२०८० वैशाख  १९ गते ७:२२ २०८० वैशाख १९ गते ७:२२
आईपीलमा बेंगलोरले लखनउलाई हरायो

१९ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएलमा) सोमबारको लो स्कोरिङ थ्रिलर खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले लखनस सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको छ ।

लखनउको मैदानमा भएको खेलमा बेंगलोरले १२६ रनको लक्ष्य डिफेण्ड गर्दै सिजनको पाँचौ जित हात पारेको हो ।

एकना स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बेंलोरले निर्धारित २० ओभरमा १२६ रन बनाएको थियो ।

बेंगलोरका बलरले कसिलो बसिङ गरेपछि लखनउ १९.५ ओभरमा १०८ रनमै अलआउट भयो ।

लखनउका लागि कृष्नपा गौथमले सर्वाधिक २३ रन बनाउदा अमित मिश्राले १९  तथा मार्कुस स्टोइनेस र नभिन उल हकले समान १३ रन बनाए ।

बेंग्लोरका लागि जोस हेजलवुड र कर्ण शर्माले समान २ तथा मोहम्मद सिराज, ग्लेन म्याक्सवेल र वानिन्दु हसरंगाले १/१ विकेट लिए ।

त्यसअघि बेंगलोरका कप्तान फाफ डु प्लेसिसको सर्वाधिक ४४ रन बनाएका थिए । उनले ४० बल खेल्दै एक चौका र एक छक्का प्रहार गरे । विराट कोहलीले ३० बलमा ३१ रन बनाउँदा ३ चौका प्रहार गरे ।

लखनउका लागि नभिन उल हकले तीन तथा रवि बिश्नोइ र अमित मिश्राले समान २ विकेट लिए ।

बेंगलोर जितपछि ९ खेलबाट  १० अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ । चौथो हार बेहोरेको लखनउको पनि ९ खेलबाट १० अंक नै छ तर रनरेटका आधारमा तेस्रो स्थानमै छ ।

शीर्ष स्थानको गुजरात टाइटन्सको १२ अंक छ भने दोस्रो देखि छैटौं स्थानसम्मको टोलीको समान १० अंक छ ।

आईपीएल रोयल च्यालेन्जर्स बेंगलोर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय