+

यूएईविरुद्ध गुलशन झाको अर्धशतक

२०८० वैशाख  १९ गते ११:४४ २०८० वैशाख १९ गते ११:४४
यूएईविरुद्ध गुलशन झाको अर्धशतक

१९ वैशाख, काठमाडौं । टीयू क्रिकेट मैदानमा चलिरहेको एसीसी प्रिमियर कपमा गुलशन झाले यूएईविरुद्ध अर्धसतक हानेका छन् ।

बसिल हमिदको बलमा २ रन लिँदै गुल्सनले अर्धशतक पूरा गरेका हुन् । उनले ७५ बलमा ३ चौका र ४ छक्का प्रहार गरेर ५२ रन बनाएका हुन् ।

२  चैतमा लिग टू अन्तर्गत यूएईसँगको खेलमै एकदिसीय अन्तर्राष्ट्रिय करिअरको पहिलो अर्धशतक बनाएका थिए ।

महत्वपूर्ण र निर्णायक खेलहरुमा उनको डरविहीन ब्याटिङ देखिएको छ । त्यतिबेला उनले सातौं नम्बरमा ब्याटिङ गरेका थिए । सो खेल गुल्सनको अविजित ५० रनमा नेपालले डीएलएस प्रणालीमार्फत ९ रनले जितेर लिग टूमा तेस्रो हुँदै एकदिवसीय विश्वकप ग्लोवल क्वालिफायरमा स्थान बनाएको थियो ।

गुलशन झा नेपाली क्रिकेट यूएई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय