
१९ वैशाख, काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचनमा निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले आज सांसद पदको शपथ ग्रहण गरेका छन् । उनलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
यही वैशाख १० गते भएको उपनिर्वाचनमा यादव बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
वैशाख १० गतेकै उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने र तनहुँ क्षेत्रनम्बर १ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेले भने गत शुक्रबार नै शपथ ग्रहण गरिसकेका थिए । यादव काठमाडौं उपत्यका बाहिर रहेकाले सो दिन उनको शपथ ग्रहण हुन सकेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4