+

थ्री स्टार र खुमलटारले अंक बाँडे

२०८० वैशाख  १९ गते १७:४६ २०८० वैशाख १९ गते १७:४६
थ्री स्टार र खुमलटारले अंक बाँडे

१९ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा दुई ललितपुरे क्लब थ्री स्टार र खुमलटार एफसीले बराबरी खेलेका छन् ।

च्यासल रंगशालमा मंगलबार भएको खेलमा थ्री स्टा र खुमलटारले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीपछि दुवैले समान एक अंक पाए ।

खेलमा थ्री स्टार र खुमलटार दुवैले एक पटक अग्रता लिएपनि कायम रख्न सकेनन् । लकेन लिम्बुले खेलको चौथो मिनेटमै गोल गर्दै थ्री स्टारलाई पहिले अग्रता दिलाएका थिए ।

तर पहिलो हाफको इन्जुरी टाइममा खुमलटारका मेसुके ओलोमोउले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा खुमलटारले पहिले अग्रता लियो । स्टेफन विनोङले ५१औं मिनेटमा गोल गर्दै खुमलटारलाई २-१ को अग्रता दिलाए । तर ६८औं मिनेटमा थ्री स्टारका आदित्य शाक्यले गोल गर्दै खेल बराबरी गरे ।

बराबरीपछि थ्रीस्टार दोस्रो स्थानमै यथावत छ ।

मंगलबारै लिग लिडर जावलखेल युथ क्लब नेपाल पुलिससँग पराजित हुँदा थ्रीस्टारलाई शीर्ष स्थानमा उक्लने मौका भए पनि सदुपयोग गर्न सकेन ।

१४ खेलबाट थ्रीस्टारको २३ अंक छ । हारेपछि जावलाखेल २४ अंकसहित शीर्ष स्थानमै छ ।

पुलिसले जावलाखेललाई हराएर रेलिगेसन जोन छाड्दा खुमलटार भने १४ खेलबाट १४ अंकसहित रेलिगेसन जोनमा झरेको छ । दुई टिम रेलिगेसनमा पर्ने लिगमा खुमलटार पुछारमा छ ।

शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय