+
+

अध्यक्ष पद छाड्ने शरद पवारको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते १८:१०

१९ वैशाख, काठमाडौं । भारतको राष्ट्रवादी कांग्रेसका संस्थापक शरद पवारले पार्टीको अध्यक्ष पद छाड्ने र चुनाव नलड्ने घोषणा गरेका छन् ।

८० वर्षका पवार ६० वर्ष लामो राजनीतिक यात्राका क्रममा चार पटक महाराष्ट्रको मुख्यमन्त्री र पटकपटक केन्द्रीय मन्त्री भएका थिए ।

पद छाड्ने घोषणा गर्दै उनले पछिल्लो ६० वर्षमा आफूलाई साथ दिएकोमा खुसी व्यक्त गरेका छन् । साथै राजनीति, सामाजिक र संस्कृतिक क्षेत्रमा काम गरिरहने समेत बताएका छन् ।

उनको राज्यसभाको तीन वर्ष कार्यकाल बाँकी छ । तर अब फेरि चुनाव नलड्ने उनले बताएका छन् । राष्ट्रवादी कांग्रेस पार्टीका नेताहरु रहेको एक समतिले अब पार्टीको भविष्यको रणनीति बनाउने समेत उनले बताएका छन् ।

महाराष्ट्रका विपक्षी दलका नेता अजित पवारका अनुसार उनले १ मेमै राजीनामा दिने तयारी गरेका थिए, तर र्‍यालीका कारण रोकिएका हुन् ।

साथै अब बन्ने अध्यक्षले शरद पवारकै निर्देशमा रहेका काम गर्ने उनले बताए ।

एनसीपी र कार्यकर्ताले भने पवारलाई आफ्नो घोषणा फिर्ता लिन आग्रह गरेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?