+
+

निम्बसद्वारा किओच-काठमाडौं बाल अस्पताल निर्माण गर्न २५ लाख रूपैयाँ सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते १३:५३

काठमाडौं । निम्बसले किओच–काठमाडौ बाल अस्पताल निर्माणका लागि २५ लाख रूपैयाँ सहयोग गरेको छ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बूढानीलकण्ठमा सञ्चालन गर्ने उक्त बाल अस्पताल निर्माण गर्न निम्बसले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको जनाएको छ ।

मंगलबार निम्बसको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच निम्बसका अध्यक्ष आनन्द बगडियाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

निम्बसका अध्यक्ष बगडियाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । निम्बसले नेपालमा कृषि तथा एफएमजीसी प्रोडक्ट सम्बन्धित व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।

निम्बसका अध्यक्ष बगडियाले कोभिड–१९ महामारी लागायतका अवस्थाबाट सिकेर गुणस्तरिय बाल अस्पताल स्थापना तथा सञ्चालनका लागि ठूलो लगानीको आवश्यकता महसुस भएको बताउँदै अस्पताल निर्माणबाट आगामी दिनमा नेपालमा सहज र सुलभ बाल स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

इन्स्टिच्युटका अध्यक्ष डा. कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बालबालिकाहरूमा हुने जटिल र गम्भीर रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले काठमाडौंमा बहुविशिष्टिकृत अस्पताल तथा बाँकी प्रदेशहरुमा पनि सोही प्रकृतिको सेटलाइट अस्पतालहरु सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?