
२० वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३२ नमुना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।
३३६ पीसीआर परीक्षणमा २७ र २,१९६ एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको २२० रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4