+

गर्दन दुख्ने समस्या छ ? ४ कुरामा ध्यान दिनुहोस्

२०८० वैशाख  २१ गते १०:०५ २०८० वैशाख २१ गते १०:०५
गर्दन दुख्ने समस्या छ ? ४ कुरामा ध्यान दिनुहोस्

गर्दन दुख्ने समस्याबाट पीडित हुनेको संख्या बढ्दो छ । कुर्सीमा दिनभर बसेर ल्यापटप वा कम्प्युटरमा काम गर्ने व्यक्तिलाई अझ बढी यस्तो समस्याले सताउने गरेको छ । घरमै पनि टिभी र मोबाइलमा धेरै समय बिताउनेहरुमा गर्दन दुख्ने समस्या बढी देखिने गरेको छ ।

गर्दन किन दुख्छ ?

विशेषगरी शरीरको बसाइको पोस्चर नमिल्दा गर्दन दुख्छ । त्यस्तै सुतेको नमिलेमा, गह्रौं सामान उचाल्दा, धेरै निहुरेर बस्दा वा पढ्दा, सुतेर मोबाइल चलाउँदा, पढ्दा, घन्टौं सिलाइबुनाइ वा जरी हाल्ने काम गर्ने व्यक्तिलाई गर्दन दुख्ने समस्या हुन्छ ।

उमेर बढ्दै गएपछि हड्डी खिइँदै गएर पनि गर्दन दुख्छ । साथै घाँटीमा विभिन्न कारणले चोटपटक लागेमा, सभाइकल बोनमा बाथ हुँदा, गर्दनको नसा च्यापिएर, टुयुमर भएर, मसल टाइट भएर पनि गर्दन दुख्ने समस्या हुन्छ । कतिपय अवस्थामा धेरै तनाव लिंदा पनि यस्तो हुने गर्छ ।

सामान्यतया गर्दन छुँदा दुख्ने, गर्दन स्थिर रहनु वा चलाउन नमिल्ने, कहिलेकाहीं घाँटी धेरै कम घुमाउन मिल्नु वा घुमाउनै नमिल्नु जस्ता समस्या देखापर्छ । साथै रिंगटा लाग्ने, काँध दुख्ने, टाउको दुख्ने, हात झमझाउने, हातका मांसपेशी कमजोर हुने, दुवै हातको नशामा दुखाइ महसुस हुने र औंला चलाउन समेत गाह्रो हुन्छ ।

उपचार

गर्दन दुख्ने समस्यालाई हेलचेक्राइँ गर्नुहुँदैन । यसको लामो समयसम्म उपचार नगरेमा हातखुट्टा लाटो हुने समस्या हुन सक्छ । कतिपय अवस्थामा शरीर नै प्यारालाइसिस हुने जोखिम समेत हुन्छ ।

गर्दन दुखाइको उपचार औषधि, फिजियोथेरापी र शल्यक्रियाबाट गर्ने गरिन्छ । अलिअलि मात्र दुख्ने समस्या छ भने औषधि खाएर पनि निको पार्न सकिन्छ । नियमित दुखाइ भइरहेमा फिजियोथेरापिस्टलाई जाँच गराएर गर्दनको स्टे्रनिङ्ग एक्सरसाइज गर्ने सर्भाइकल कोलार लगाउन सकिन्छ । औषधि र थेरापीबाट निको नभए सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ । अन्तिम अवस्थामा शल्यक्रियामा समेत जानुपर्ने हुन्छ ।

गर्दन दुख्ने समस्याबाट कसरी छुटकारा पाउने ?

१. दिनभर कुर्सीमा बसेर ल्यापटप, कम्प्युटर, मोबाइल हेर्दा गर्दनलाई ९० डिग्रीमा राखेर चलाउने, सुत्दा सिरानीको हाइट धेरै अग्लो वा होचो हुनुहुँदैन । जसले गर्दा मांसपेशी कसिलो हुने, हड्डी खिइने समस्याबाट बच्न सकिन्छ ।

२. बिहान उठेर गर्दनको व्यायाम गर्नुपर्छ । कम्तीमा १५ मिनेट गर्दनको आइसोमेट्रिक व्यायाम गर्न सकिन्छ । यसमा गर्दन स्ट्रेचिङ (तन्काउने), दायाँबाया तलमाथि स्ट्रेचिङ गर्ने गरिन्छ ।

३. गर्दन दुख्ने समस्या भएमा सकेसम्म भारी चीज उठाउनुहुँदैन । यसले मेरुदण्डमा समस्या हुने सम्भावना न्यून हुन्छ । अफिसमा कामका दौरान प्रत्येक घण्टामा शरीर चलाउने वा यताउति हिंड्ने गर्नुपर्छ ।

४. काम गर्दा सजिलो तरिकाले बस्न मिल्ने लचकदार कुर्सी छनोट गर्ने, कम्मरको भागलाई अगाडि धकेल्ने खालको कुर्सी छनोट गर्नु राम्रो हुन्छ । कुर्सीमा पछाडिको भाग सबै कभर भई टाउकोसम्म ढल्किने मिल्ने खालको भए राम्रो हुन्छ । कुर्सीलाई पनि ९० डिग्री पोजिसनमा मिलाएर राखेर घोप्टो नपरी ल्यापटप वा कम्प्युटर चलाउँदा उपयुक्त हुन्छ ।

साथै प्रशस्त मौसमी फलफूल र सागसब्जी सेवन गर्नुपर्छ । धुलोधुवाँ र धुम्रपानबाट टाढा रहँदा लाभदायक हुन्छ ।

(फिजियोथेरापिस्ट डा. कुमाल काठमाडौं बानेश्वरस्थित सुस्वास्थ्य अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

गर्दन स्वास्थ्य
लेखक
डा. सुदन कुमाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?