
२० वैशाख, काठमाडौं। सत्तारूढ नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको छ ।
बिहीबार दिउँसो ५ बजे बस्ने गरी बोलाइएको बैठकमा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रम लगायत विषयमा छलफल हुने एक पदाधिकारीले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि सरकारी भेटघाट तथा बैठक बालुवाटार र सिंहदबारबाट गर्दै आएका थिए । पार्टीका बैठक भने पेरिसडाँडास्थित पार्टी कार्यालयमै बोलाइन्थ्यो।
बालुवाटारमै बस्नेगरी बोलाइएको यो पहिलो बैठक हो। पदाधिकारी बैठक बालुवाटारमै बोलाउनुको कारणबारे भने माओवादी नेताहरुले अनभिज्ञता जनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4