
फाइल तस्वीर
२० वैशाख, काठमाडौं । पछिल्लो सातामा भएको वर्षातले नेपाल विद्युत प्राधिकरणलाई सामान्य राहत मिलेको छ । आयातित बिजुलीले माग धान्न मुस्किलमा परेको अवस्थामा वर्षात् पछि नदीमा पानीको सामान्य सतह बढेको छ ।
प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईका अनुसार करिब ९० मेगावाटसम्म बिजुलीको उत्पादन बढेको छ । करिब २७०० मेगावाट जडित क्षमता भएपनि करिब ७०० मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ ।
यो वर्ष पहाडी क्षेत्रमा समयमै हिमपात नहुँदा नदीमा पानीको सतह घटेर उत्पादनमा चरम गिरावट आएको छ । प्रवक्ता भट्टराईका अनुसार अझै पनि करिब ५०० देखि ६०० मेगावाटसम्म बिजुली आयात गरिंदैछ ।
नदीमा पानीको सतत बढेर उत्पादन पनि बढ्न थालेपछि क्रमैसँग भारतबाट आयात हुने बिजुलीको परिमाण घट्दै जाने प्राधिकरणले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4