+
+

गुल्मी अस्पतालमा सुधारको माग गर्दै ध्यानाकर्षण पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १३:०४

२१ वैशाख, गुल्मी । अस्पतालमा विभिन्न सेवा सुविधा सुधार र थपको माग गर्दै उपभोक्ता हित संरक्षण मञ्चले गुल्मी अस्पताललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च गुल्मीका अध्यक्ष केशरबहादुर थापाले अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेलाई एक कार्यक्रमबीच ध्यानाकर्षण पत्र बझाएका हुन् ।

उपभोक्ताको हित, वस्तु र सेवाको स्वच्छता, गुणस्तरीयता सहजताको हुनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाइएको हो । उपभोक्ता र सेवाग्राहीले सहज र शुलभ तरीकाले सेवा पाउँन भन्ने उदेश्यले अस्पतालमा बिभिन्न विषयमा ध्यानाकर्षण गरिएको संस्थाका अध्यक्ष केशर बहादुर थापाले बताए ।

उपचारका लागि भर्ना भएका विरामीले पाउँदै आएको खाना–खाजा गुणस्तरीय, स्वस्थ्य र सफा हुनु पर्ने, कम्पाउण्ड, विरामी कक्षहरु र शौचालय र पानीका धाराहरु स्वस्थ्य र मैलाको अविलम्व व्यवस्थापन गर्नु पर्नेमा ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै ओपीडी, इमर्जेन्सी र ल्याब सेवा सहज, शुलभ र छिटो छरिता बनाउनु पर्ने, स्टार भवनलाई पार्टेशन गरी प्रयोगमा ल्याउन ल्याउन पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

अस्पतालको खोला साइडमा तारजाली वा पखालले परिसर घेर्ने, सर्भर र इकोरुमको एरिया फराकिलो बनाउने माग राखिएको छ । त्यस्तै चौबिसै घण्टा गुणस्तरीय पानी र विद्युत आपूर्तिको लागि भरपर्दो व्यवस्था मिलाउन पर्ने, प्रसती कक्ष सफा र उछारिलो बनाउने, जेष्ठ नागरिक, अपाङगता, गर्भवती महिलालाई दिने सेवा अझ धेरै सहज बनाउनु पर्ने माग गरेका छन् ।

ब्रेस्ट फिडिङ कक्षलाई व्यवस्थित गर्ने, डायलासिस सेवाको व्यवस्था यथा शिघ्र शुरु गर्नु पर्ने, उपभोक्ता र स्टाफका लागि चिसो तातो र सफा पानीका लागि फिल्टरको व्यवस्था मिलाउन पर्ने जस्ता माग राखिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै अस्पताल विकास समितिका अध्यक्ष पाण्डेले अस्पताल सुधारका लागि दिइएको सुझाव मनन गरेर अघि बढने बताए । गुल्मी अस्पताललाई सबैको भरपर्दो अस्पताल बनाउन सबैपक्षको सहयोग सुझाव आवश्यक रहेको पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?