+
+
पोल्ट्री व्यवसायीको आत्महत्या प्रकरण :

किटानी जाहेरी दिएकालाई पक्राउको माग गर्दै प्रदर्शन, राजमार्ग बन्द

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १३:३२

२१ वैशाख, चितवन । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा किटानी जाहेरी दिएका व्यक्तिलाई पक्राउको माग राख्दै व्यवसायीहरूले प्रदर्शन गरेर राजमार्ग बन्द गरेका छन् ।

उद्योग बाणिज्य संघ चितवन, उद्योग संघ, चेम्बर अफ कमर्शले घटनामा किटानी जाहेरी दिएका अनमोल फिड्सका सञ्चालक प्रदिप रूङ्गटा र कम्पनीका चार्टर अकाउन्ट जीवन रावललाई पक्राउ गर्न माग राखेर प्रदर्शन गरेका हुन् ।

कांग्रेस चितवनका पूर्व कोषाध्यक्षसमेत रहेका कँडेललाई आत्महत्या गर्न वाध्य पारिएको भन्दै कांग्रेस चितवन पनि आन्दोलनमा छ ।

कांग्रेस कार्यकर्ता तथा कँडेलका समर्थकहरूले पूर्व पश्चिम राजमार्गको चौबिस कोठीमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

अनमोल फिड्सका कार्यकारी निर्देशक कँडेलले रूङ्गटा र रावलले तनाव दिएको भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?