+
+

कार्यालयमै तास खेल्दै महानगर प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १७:२४

२१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरु कार्यालयमै तास खेल्ने गरेको पाइएको छ । टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा नगर प्रहरीको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएको छ । नगर प्रहरी बलको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएपछि यस्तो तथ्य बाहिरिएको हो ।

कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी नायव निरीक्षक नीरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानियाँ छन् । बानियाँ भने कम्पनी करार मार्फत नगर प्रहरीमा आएका हुन् । तास खेलिरहेको उनीहरुको तस्वीर बुधबार दिउँसोको भएको महानगरपालिका स्रोतले जनाएको छ ।

कार्यालयमा तास खेल्ने नगर प्रहरीलाई छानबिनको प्रक्रियामा ल्याइएको महानगरपालिका स्रोतले जनाएको छ ।

‘तास खेलिरहेको तस्वीर हामीले पनि देख्यौं, अहिले अन्य व्यक्तिलाई पनि छानबिनको दायरामा ल्याएका छौं । अन्य पनि संलग्न भएको पाइएमा उनीहरूलाई पनि कारबाही गर्छौं’ महानगरका एक नगर प्रहरी अधिकारीले अनलाइनखबरलाई भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?