+

एपीएफ र एनआरटीको बराबरी

२०८० वैशाख  २१ गते १७:३७ २०८० वैशाख २१ गते १७:३७
एपीएफ र एनआरटीको बराबरी

२१ वैशाख, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा आज बिहीबार विभागीय टिम एपीएफ र न्युरोड टिम (एनआरटी) ले १–१ को बराबरी खेलेका छन् ।

एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलको ५८ औं मिनेटमा भारतीय फरवार्ड लालुन्जामाको हेडर गोलद्वारा खेलमा अग्रता बनाएको एनआरटीले खेलको इन्जुरी समयमा अग्रता जोगाउन नसक्दा अंक बाँड्न पुगेको हो ।

एपीएफका लागि इन्जुरी समयमा सनिस श्रेष्ठको पासलाई अर्मान बेडुमाले हेडर गोल गर्दै एपीएफलाई बराबरी अंक दिलाएका हुन् ।

यससँगै १४ खेलमा ५ जित ४ बराबरी र ५ हारका साथमा एपीएफ १९ अंकका साथमा सातौं स्थानमा उक्लिएको छ । यस्तै एनआरटी पनि १४ खेलमा ४ जित ५ बराबरी र ५ हारसहित १७ अंकको साथमा नवौं स्थानमा छ ।

शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय