
काठमाडौं । इसेवाले ‘एक मा चार’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तरगत दैनिक एक रुपैयाँ भन्दा कममै आफूसहित अन्य चार जना आफन्तको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिने इसेवाले बताएको छ । यस अफरमा आफन्त र साथीभाइलाई समेत समावेश गर्न सकिनेछ ।
यस अफरमा सहभागी हुन आफ्नो पूर्ण हेल्थ केयर खरिद गर्न दैनिक एक रुपैयाँ भन्दा कम अर्थात् वार्षिक ३ सय ६० रूपैयाँ भुक्तानी गर्नुपर्नेछ । यस्तै आफ्ना अन्य परिवारका सदस्यलाई समावेश गर्नु परेमा हरेक सदस्यको वार्षिक २ सय ७० रूपैयाँ शुल्क लाग्नेछ । यसैगरी आफूसहित आफ्नो आफन्तलाई समावेश गर्नुपरेमा एक जना साथीको वार्षिक ३ सय ६० रूपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्नेछ ।
इसेवाले आफ्ना प्रयोगकर्ता र उनीहरूका आफन्त र साथीभाइलाई स्वास्थ्य तथा आइपर्ने भवितव्य एवं दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस्तो सुविधा ल्याएको जनाएको छ ।
यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाइल एप्स्मा गई इसेवा केयर सेवा अन्तर्गत यो प्याकेज खरिद गर्न सकिनेछ । जहाँ ग्राहकहरू आफू, आफ्नो परिवार तथा साथीभाइलाई थुप्रै स्वास्थ्य सेवाहरूका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सक्नेछन् ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई एकलाख रूपैयाँसम्मको बीमा दाबी गर्न सकिनेछ । यस प्योकज अन्तर्गत आकस्मिक उपचार र चिकित्सा परिक्षण तथा चोट पटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ ।
यस्तै यस प्याकेजमा एक लाख भन्दा बढीको दुर्घटना बीमा, २४–घण्टा भन्दा बढीको अस्पतालमा भर्ना भएमा १० हजारसम्मको उपचार खर्च, छाला, कपाल तथा ब्यूटी केयरमा २० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ । यसैगरी दाँत सफा गर्दा एवं दन्त उपचारमा ५ सय रूपैयाँ छुट, फुल बडी चेकअपमा ५० प्रतिशत छुट तथा आँखा र फिटनेस सेवामा २५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ भने इसेवामा एक सय रिवार्ड पोइन्ट प्राप्त गर्न सकिन्छ ।
यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिन भित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्नेछ ।
प्रतिक्रिया 4