
काठमाडौं । सनराइज बैंक लिमिटेडले कञ्चनपुर र डडेल्धुरामा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ स्थित कलुवापुरमा र डडेल्धुराको अजयमेरु गाउँपालिका-५ स्थित देवलदिव्यपुरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । योसँगै बैंकको शाखारहित बैंकिङ संख्या १०२ पुगेको जनाएको छ ।
बैंकले सेवा सञ्चालनका लागि कृष्णपुरका करम सिंह राना र देवलदीव्यपुरका नरेश भट्टलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।
शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध हुने बैंकको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4