+
+

ब्रिटिस प्रोफेसनल कलेजलाई ‘एएलपी’ अवार्ड 

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १८:३७

काठमाडौं । ब्रिटिस प्रोफेसनल कलेजले प्रतिष्ठित ‘प्लेटिनम एप्प्रुड लर्निङ पार्टनर (एएलपी)’ अवार्ड पाएको छ । एसीसीए अध्यापन गराउने संस्थाहरुलाई प्रदान गरिने यो प्लेटिनम अवार्ड सबैभन्दा उच्च र प्रतिष्ठित अवार्ड भएको कलेजको भनाइ छ ।

कलेजका अनुसार विश्वभर यो अवार्ड प्राप्त गर्ने केहीमात्र कलेजहरु रहेका छन् जसमा ब्रिटिस प्रोफेसनल कलेज पनि सामेल भएको छ । यो अवार्ड कलेजका लागि कोसेढुंगा सावित हुने कलेजले बताएको छ ।

द एसोसियसन अफ चार्टटण्ड सर्टिफाइड एकाउन्टेन्स (एसिसिए) व्यावसायिक एकाउन्टेन्सहरुको विश्वको अग्रणी निकाय हो जसले एकाउन्टिङ र फाइनान्स योग्यता प्रदान गर्नमा उत्कृष्ट ट्रयाक रेकर्ड राखेको छ । उच्च गुणस्तरको शिक्षा लगायत एसीसीए विद्यार्थीहरुलाई प्रदान गर्ने साथ र सहयोगलाई मध्यनजर गर्दै त्यस्ता संस्थाहरुलाई एएलपी अवार्ड प्रदान गरिन्छ ।

बीपीसीका एसीसीए प्रोग्राम म्यानेजर दीपेन्द्र के श्रेष्ठले यो अवार्डबाट बीपीसीको शैक्षिक गुणस्तर र विद्यार्थीहरुले प्राप्त गरेको सफलताको नतिजा भएको बताए ।

द ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले व्यावसायिक एकाउन्टेन्ट बन्न चाहने विद्यार्थीहरुका लागि बीपीसी एक भरपर्दो संस्था साबित गराउन यो अवार्डले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?